शहीदहरुको सपना विपरीत लुटतन्त्र र भ्रष्टाचारले मलजल पायो: कमल थापा

 माघ १६, २०७५ बुधबार १७:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्र, लोकतन्त्रको आभास व्यवहारिक रुपमा अझैसम्म पनि हुन नसकेको बताउनुभएको छ । 

यस्ता शब्दहरु संविधान, कानुन तथा भाषणहरुमा प्रशस्त भएपनि यथार्थमा भने यसको अनुभूति हुन नसकेको उहाँले बताउनुभएको हो ।  

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शहीदहरुको सम्मान र सम्झनामा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष थापाले कागजी रुपमा मात्र नभइ व्यवहारिक रुपमा नै सहिदका सपना पूरा गरेमात्रै उनीहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।  

राष्ट्र र राष्ट्रियता प्रति समर्पण गर्दै शहादत प्राप्त गरेका शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने भए पनि अहिले शहीदहरुको सपना विपरीत लुटतन्त्र र भ्रष्टाचारले मलजल पाएकोप्रति भने उहाँले दुःख प्रकट गर्नुभयो ।

अहिले दिनहुँजसो जबर्जस्ती धर्म परिवर्तन गराउने क्रम बढ्नु, हत्या, हिंसा, भ्रष्टाचार, बलत्कार जस्ता घटनाले प्रश्रय पाउनुले शहीदहरुको सपनामा तुषारापात हुने अवस्था आएको उहाँले बताउनुभयो । 
  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया