रमितले गरे नयाँ चलचित्रमा सम्झौता

 माघ १६, २०७५ बुधबार १७:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता रमित ढुंगाना पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढा थिए । उनी आफैले निर्माण गरेको चलचित्र बुद्ध बर्न इन नेपाल पछि अभिनयमा फर्किएका थिएनन् । 

तर करिब २ वर्षको अन्तरालपछि रमित पुन चलचित्रमा फर्किएका छन् ।  उनले हालसालै एक चलचित्रमा लिखित सम्झौता समेत गरिसकेको बताइएको छ ।
उक्त चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्न लागेको बताइएको छ । चलचित्रको नाम भने फाइनल भइनसकेको बुझिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको नाम तथा अन्यकलाकारहरुबारे जानकारी गराउने तयारी निर्माण युनिटले गरेको छ । 

उक्त चलचित्रबाट अभिनेता रमित ढुंगानाले १८ लाख रुपैयाँ पारिश्रमिक बुझेको बताइएको छ  । सरु राईले निर्माण गर्न लागेको चलचित्रको छायांकन चैत पहिलो साताबाट सुरु हुने बुझिएको छ ।

चलचित्र कमेडी र एक्सन दुवै विधाको मिश्रणका रुपमा आउने बताइएको छ । 

यो चलचित्र ‘किराँती इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण हुन लागेको हो । ‘म आफ्नै ब्यानरमा चलचित्र निर्माणको तयारी गरिरहेको थिएँ । निर्माण टिमले मलाई अफर गर्नुभयो । चलचित्रको कथा मन पर्यो र अफ्नो होम प्रोडक्सनलाई केहि पछि सारेर यस चलचित्रमा लागेको हूँ,’अभिनेता रमितले भने ।

यो चलचित्र पछि भने पुन आफ्नै चलचित्र निर्माणमा लाग्ने रमितको योजना छ । यसपछि उनी ‘पृथ्वीनारायण शाह’ नामक चलचित्र निर्माण गर्ने तयारीमा छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया