कांग्रेस विकासकाे बाधक बन्न खाेज्याे : परराष्ट्र मन्त्री ज्ञवाली

 माघ १६, २०७५ बुधबार १८:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनशन तोड्न आग्रह गर्नुभएको छ ।

बाराको करैयामाई गाउँपालिकाको नरही चाेकमा रहेकाे शहीद मुखलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले चिकित्सा शिक्षा विधयेक मार्फत डा. केसीको माग पूरा भइसकेको बताउँदै अनसन तोड्न आग्रह गर्नुभएको हो ।

उहाँले चिकित्सा शिक्षा विधयेक मार्फत स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आउने दावी गर्दै अनसनरत डा. केसीलाई अनसन तोडेर सरकारले स्वास्थ्य क्षेत्रमा गर्न खोजेको सुधारको कार्यमा सघाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अनसन बसेर मुलुकलाई पछाडी धकेल्नुको सट्टा अनसन तोडेर सरकारलाई स्वास्थ्य क्षेत्रको बेथिति हटाउन सहयोग गर्नुहोस् ।’  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले बेतुकको आन्दोलन गरिरहेको उहाँले दावी गर्नुभयाे । 

मुुलुक विकासको गतिमा अगाडि बढिरहेको बेला नेपाली कांग्रेसले आन्दोलन गरेर विकासको बाधक बन्न खोजेको मन्त्री ज्ञवालीको दावी छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया