ओखलढुंगाको कटुञ्जेमा शव भेटियाे

 असार ६, २०७५ बुधबार १२:३०:२९ | उज्यालो सहकर्मी

ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका–१०, कटुञ्जेमा एउटा अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कटुञ्जेको संसारी डाँडामा भेटिएको शव त्यसै ठाउँका बालकृष्ण विकको भएको प्रहरीले सनाखत गरेको छ । 

शव पहिचान भए पनि मृत्युको कारण खुल्न नसकेको स्थानीयले बताएका छन् । 

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको र शवको पोष्टमार्टमको काम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भटराईले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया