कसले ताेडफाेड गर्‍याे वडा कार्यालय ?

 माघ १६, २०७५ बुधबार १९:२३:२४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको भोटखोला गाउपालिका वाड नं. ३ को वडा कार्यालयमा ताेडफाेड भएकाे छ । 

वडा कार्यालयकाे झ्याल फुटाएर कार्यालय पसेकाे नचिनेकाे व्यक्तिले कार्यालयकाे सामान ताेडफाेड गरेकाे वडाध्यक्ष आम्दीक भाेटेले बताउनुभयाे ।

बुधबार विहान कार्यालय पुग्दा ताेडफाेड भएकाे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकाे उहाँले बताउनुभयाे । मंगलबार काम गरेर कार्यालय राम्रैसँग बन्द गरेकाे भए पनि रातकाे समयमा काेही व्यक्ति आएर कार्यालय ताेडफाेड गरेकाे उहाँले बताउनुभयाे । 

घटनाकाे बारेमा जानकारी पाए लगत्तै आफुहरु अनुसन्धानमा जुटेकाे संखुवासभाका प्रहरी नायव उपरीक्षक श्याम सरुमगरले बताउनुभयाे । कार्यालय भित्र रहेको डेक्सटप कम्प्युटर फुटाएको र नागरिकताको सिफारिस गर्ने ढड्डा च्यातेको पाइएको उहाँले जानकारी दिनुभयाे । 

वडा कार्यालय गाउभन्दा टाढा सुनसान ठाऊँमा रहेकाले ताेडफाेड भएकाे गाउँलेले पनि थाहा नपाएकाे प्रहरीकाे भनाइ छ ।    


 

अन्तिम अपडेट: चैत ८, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया