सँगै विष खान नमानेपछि युवतीमाथि कुटपिट

 माघ १६, २०७५ बुधबार १९:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम - सन्दकपुर गाउँपालिकाकाे सुलुबुङका एक युवाले आफूसँगै विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । 

गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी मगरमाथि कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए । 

कुटपिट गरेकाे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुटपिट गरेको खबर पाएपछि प्रहरी कार्यालय इलाम तथा प्रहरी चौकी बन्दुकेबाट गएकाे प्रहरी टोलीले सागरलाई पक्राऊ गरेकाे र घाइते मगरलाई अस्पताल पुर्याएकाे थियाे ।  

कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाकाे बी एण्ड सी अस्पताल लगिएको छ । कुटपिट गर्ने सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएकाे प्रहरीले जनाएकाे छ । 

मगरले आफूसँग भागेर विहे गर्न नमानेपछि कुटपिट गरेकाे सुवेदीले बताएकाे प्रहरीले जनाएकाे छ । सुवेदीकाे यही माघमा बिहे तय भएकाे स्थानीय बताउँछन् । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया