पाकिस्तानी गायक राहत फतेह अली खानमाथि भारतमा विदेशी मुद्रा तस्करी गरेको आरोप

 माघ १६, २०७५ बुधबार १९:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी गायक राहत फतेह अली खानमाथि करीब तीन वर्षदेखि भारतमा विदेशी मुद्राको तस्करी गरेको आरोप लागेको छ । 

खबरहरुका अनुसार राहतले ३ लाख ४० हजार अमेरिकी डलर अवैध तरिकाले कमाएको र त्यसमध्ये २ लाख २५ हजार अमेरिकी डलरको तस्करीे गरेको आरोप लागेको छ ।

राहत फतेह अली खान यसअघि पनि सन् २०११ मा दिल्ली एयरपोर्टमा गिरफ्तार भइसकेका छन् । त्यस समयमा उनको साथबाट १ लाख २५ हजार अमेरिकी डलर बरामद गरिएको थियो । राहतले त्यो रकम कहाँबाट कसरी आएको भन्ने कुराको आधिकारिक स्रोत खुलाउन सकेका थिएनन् । 

राहत फतेह अली खान पाकिस्तानी नागरिक भए पनि उनी भारतमा चर्चित गायकको रुपमा परिचित छन् । 

उनले फिल्म ‘कलयूग’ मा गाएको गित ‘जिया धडक धडक’ बाट निकै नै चर्चा कमाएका थिए । त्यसपछि उनले थुप्रै सुपरहिट बलिउड फिल्ममा गित गाएका छन् । 
राहतले फिल्म ‘दबंग’ मा ‘तेरे मस्त मस्त दो नैन’ फिल्म ‘सिंग इज किङ्ग’ को ‘तेरी ओर’,  ‘माइ नेम इज खान’को ‘सज्दा’, ‘बडीगार्ड’ को ‘तेरी मेरी, ‘सुल्तान’ को ‘जग घुमेया’ र ‘सिम्बा’ को ‘तेरे बिन’ जस्ता सुपरहिट गित गाएका छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया