गाउँ घुम्न निस्केकी महिला घर नजिकै मृत भेटिइन्

 माघ १६, २०७५ बुधबार २०:४:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुमपश्चिम – गाउँ घुम्न भन्दै घरबाट निस्केकी एउटी महिला मृत अवस्थामा फेला परेकी छिन् । 

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३, की ४८ वर्षीया सुनिता बुढा बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । 

जिल्लाप्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार आफ्नै घरदेखि एक सय मिटर टाढा पाखो जमिनमा बुढाको शव फेला परेको हो । मृतक बुढा अघिल्लो दिन गाउँतिर घुम्न जाने भन्दै घरबाट निस्किएको र प्रारम्भिक अनुसन्धानको क्रममा बुढाले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्दै हिँड्ने गरेको कुरा खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार बुढाको शव जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा ल्याएर पोष्टमार्टम गराउने कार्य भइरहेको छ । मृतक बुढाका श्रीमान भिम बहादुर बुढा र छोरा रोजगारीको सिलसिलामा भारतमा रहेको बुझिएको छ ।  

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया