कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - प्रदेश २ मा मन्त्रीले सचिव कुटेको घटना छानबिन गर्न गठन भएको छानविन टोलिले तोकेको समयमा प्रतिवेदन तयार पार्न नसकेपछि फेरी समय थपिएको छ ।
गएको पुस २९ गते प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेका थिए ।
घटनाकाे छानबिन गर्न त्यही दिन बेलुका ७ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी ३ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
आफूले भनेको एनजीओलाई कार्यक्रम नपार्दा आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले आफूलाई कुटपिट गरेकाे सचिव झाले बताउनुभएकाे थियाे ।
मन्त्री यादवले कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै अगाडि झापड तथा लातले हानेको सचिवले बताएका थिए । कुटपिटबाट घाइते भएका झाकाे अस्पताल उपचार भएकाे थियाे ।
सचिव कुटिएकाे घटनाकाे यथार्थ पत्ता लगाउन प्रदेश २ सरकारले कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयाेजकत्वमा तीन सदस्यीय टाेली बनाएकाे थियाे ।
कानुनमन्त्री यादवकाे संयोजकत्वमा रहेको समितिलाई ६ दिनको समय दिइएको भए पनि अझैसम्म पनि समितिले कुनै छानबिन अगाडि बढाएकाे छैन ।
६ दिनकाे समय अनुसार गएकाे माघ ४ मै समितिले प्रतिवेदन बुझाउनुपर्ने थियो। तर, सयमै समितिले प्रतिवेदन बुझाउन नसकेपछि अहिले फेरि समय थप गरिएकाे हाे ।