अनैतिक क्रियाकलापमा संलग्न १० जना पक्राउ

 माघ १८, २०७५ शुक्रबार १०:१६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न १० जनालाई सप्तरीमा पक्राउ गरेको छ । राजविराज नगरपालिका ७ मा रहेको राजदेवी लज र दिपसाजन लजमा अनैतिक क्रियाकलाप भैरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।  

गोप्य सूचनाको आाधारमा ६ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • surya

    Feb. 1, 2019, 10:55 a.m.

    फेाटाेमा त ६ जना पुरुष र ४जना महिला पाे जस्ताे लाग्याे

  •  0 Reply

तपाईको प्रतिक्रिया