मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

 माघ १८, २०७५ शुक्रबार ११:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – पदमपुरमा बिहीबार राति एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै ज्यान गएको छ । 

अनटेष्ट जेसीभीले स. ५ प ८७४८ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र त्यही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

उत्तरबाट दक्षिण आइरहेको एक्साभेटर र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । एक्साभेटरका चालक फरार छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया