प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

 माघ १८, २०७५ शुक्रबार १२:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – नेपाल विद्यार्थी संघ सुर्खेतले वीरेन्द्रनगरमा प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गरेका छन् । शुक्रबार बिहानैदेखि मध्यपश्चिम विश्वविद्यालयको मूल गेट भेला भएका नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र कर्णाली प्रदेशका मख्यमन्त्री महेन्द्रबहादुर शाहीको पुत्ला दहन गरेका हुन् । 

प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गर्ने १३ जना नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ जना विध्यार्थीहरुलाई पक्राउ गरेको जनाएको छ ।  । पक्राउ पर्नेहरुमा नेविसंघ केन्द्रीय सदस्य अनिल शाही ,नेविसंघ सुर्खेतका कार्यवाहक अध्यक्ष गौतम बीसीलगायत रहेका छन् ।  

दुई तिहाइ दम्भ देखाएर जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका थिए । उनीहरुले पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने,  निर्मलाका बलात्कारी र हत्यारालाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया