सन्दीपको शानदार बलिङ, लगातार लिए यूएईको दुई विकेट

 माघ १८, २०७५ शुक्रबार १५:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको दोस्रो टी–२० शृङ्खलामा सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै नेपाललाई चौथो  सफलता दिलाएका छन् ।

टिमको छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए । 
अन्तिम बलमा पनि सन्दीपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।

त्यसअघि सुरुका दुई विकेट सोमपाल कामीले लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक  अहमदलाई आउट गरेका सोमपालले तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाए ।  ताजा अवस्थामा यूएईले ८ ओभरकाे समाप्तिमा ४ विकेट गुमाउँदै ४० रन बनाएको छ ।

तीन खेलको शृंखलामा १–० ले अग्रता बनाएको यूएईले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया