अभिनाश बोहराले लिए यूएईकाे छैटाैँ विकेट

 माघ १८, २०७५ शुक्रबार १५:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

 

यूएईविरुद्धको दोस्रो टी–२० शृङ्खलामा नेपालका अभिनाश बोहराले छैटौँ सफलता दिलाएका छन् । नेपालको १३ ओभरको चौथो बलमा अमिर हायतलाई आउट गरेका हुन् । अमिर ३ रन बनाएर आउट भए ।

त्यसअघि करण केसीले नेपाललाई पाँचौ सफलता दिलाएका थिए ।उनले १०.३ ओभरमा यूएईका मोहमद बोता आउट भएका छन् । बोता र सिपी रिजवानका बीचमा २४ रनको साझेदारी तोड्न सफल भए । बोता ११ रन बनाएर आउट भएका हुन् ।

अहिलेसम्म सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले २ विकेट लिएका छन् । 

सन्दीप लामिछानेले छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए ।अन्तिम बलमा पनि सन्दीपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।

त्यसअघि सुरुका दुई विकेट सोमपाल कामीले लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक अहमदलाई आउट गरेका सोमपालले तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाए । यूएईले १४ ओभरको खेल सकिँदा ६ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया