भलिबलको फाइनल हेर्न खाँदबारी नगरपालिकासहित नगरभित्रका ११ वटा वडा कार्यालय बन्द

 माघ १८, २०७५ शुक्रबार १६:१५:३१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मेयरकप फुटबल प्रतियोगिताको फाइनल हेर्न खाँदबारी नगरपालिकासहित नगरभित्रका ११ वटा नै वडा कार्यालयहरु बन्द गरिएको छ ।

२०५६ सालमा स्थापना भएको खाँदबारी नगरपालिका र नगरका प्रथम मेयर स्वर्गीय मेयर किरण शाक्यको सम्झानामा प्रथम मेयरकप भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । भलिबल प्रतियोगिताको फाइनल हेर्न नगरभित्रका सम्पूर्ण नागरिकलाई निमन्त्रणा गर्दै नगरपालिकासहित नगरभित्रका ११ वटा नै वडा कार्यालयहरु बन्द गर्ने गरी वडा कार्यालयहरुलाई नगरपालिकाले पत्राचार गरेका थिए । 

नगरपालिकाको पत्रअनुसार आफूहरुले सूचना जारी गरेर वडा कार्यालय बन्द रहने गरी सम्पूर्ण सेवाग्राहीहरुलाई दुःख नपाओस् भनेर अग्रिम सूचना जारी गरेको खाँदबारी नगरपालिका–४, नम्बर वडा कार्यालयका सचिव राजकुमार राईले बताउनुभयो । नागरिक समाजका अगुवाहरुले भने नगरपालिकाले आफ्नो स्थापना दिवस मनाउन फरक कुरा हो । त्यस अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दैमा नगरभित्रका सम्पूर्ण वडा कार्यालय र खाँदबारी नगरपालिका नै बन्द गर्दा सेवाग्राही सर्वसाधारणले सास्ती खेप्नु परेको उहाँहरुको भनाइ छ । कतिपय सेवाग्राहीहरु टाढा–टाढाबाट समेत जिल्ला आएको र तुरुन्तै काम सकाएर फर्किनु पर्ने हुनसक्छ त्यस्तो अवस्थामा समस्या हुने गर्दछ । 

४ नम्बरको वडा कार्यालय मात्रै होइन, नगरभित्रका सवै वडा कार्यालय नगरपालिकाको कार्यालयसमेत बन्द रहेको छ । त्यस भलिबल प्रतियोगितामा संखुवासभाका १० र भोजपुरका २ वटा स्थानीय तह गरी १२ टिमको सहभागिता रहेको छ । १५ गतेबाट सुरु भएको प्रतियोगिता आज समापन हुदैछ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया