सप्तकोशीमा ट्रक खस्दा दुई जनाको ज्यान गयो

 असार ६, २०७५ बुधबार १७:४:१९ | सुमन पुरी

सुनसरी – सप्तकोशी नदीमा मालबाहक ट्रक खस्दा दुई जनाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ३ सय ५६ नम्बर ट्रक कोशी नदीमा खसेको थियो ।  ट्रक खस्दा चालक सुनसरी चतराका बिनोद बराइली र झुम्काका घनश्याम चौधरीको ज्यान गएको छ । 

गम्भीर घाइते दुवैलाई उपचारका लागि इनरुवा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक नदीमा खसेलगत्तै कोशी ब्यारेजमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको थियो । नदीमा खसेका सबैको बेलैमा उद्दार गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।

दुर्घटनामा परेका तीन जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ । झापाका सन्तोष अधिकारी, उदयपुरका हरि मगर र बराहक्षेत्रका मणिराज विश्वकर्मालाई थप उपचारकालागि नर्सिङ होम विराटनगर रेफर गरिएको छ । 

घाइतेहरु कृष्ण चौधरी, शुक्रराज लामा, राजकुमार मण्डल र आतिष सिंह प्रधानको इनरुवा अस्पतालमा उपचार भैरहेको सछ ।  स्काभेटर लोड गरेको ट्रक कोशी ब्यारेज पुलमा रहेको खाल्डाखुल्डीका कारण अनियन्त्रित भै दुर्घटनामा परेको  प्रहरीको अनुमान छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया