नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै - पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट शुक्रबार निर्मल निवास फर्कनुभएको छ ।
हृदयाघात भएपछि गएकाे आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टी गरिएको अस्पतालले जनाएको छ ।
उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उहाँलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ ।