रोनाल्डोको गोलले पहिलो हाफमा मोरक्कोसँग पोर्चुगल १–० ले अगाडि

 असार ६, २०७५ बुधबार १८:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल २०१८ अन्तरगत मोरक्कोसँगको खेलको पहिलो हाफमा पोर्चुगलले अग्रता लिएको छ । पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोले पाेर्चुगलले पाएकाे कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् ।

पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया