धनगढी प्रिमियर लिग (डीपीएल) काे खेल तालिका सार्वजनिक: माघ २६ देखि फाल्गुन ११ सम्म

 माघ १९, २०७५ शनिबार १८:४४:१७ | निर्मला खडायत
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको खेल तालिका शनिबार सार्वजनिक गरिएको छ ।

माघ २६ देखि फाल्गुन ११ गतेसम्म आयोजना हुन गैरहेको डीपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको हो । 

यस वर्ष पनि प्रतियोगितामा ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलीहरु सहभागी हुनेछन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाण्डौ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड रहेका छन् । 

सहभागी ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडी टोलीमा अनुबन्ध गरेका छन् ।

खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा माघ २६ गते विराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्स भिड्ने छन् ।

उद्घाटन खेलबाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् । जसअन्तर्गत पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट खेलिनेछ । 

समूह चरणका अन्तिम २ खेलसँगै दुई क्वालिफायर, एलिमिनेटर र फाइनल खेल भने छुट्टाछुट्टै दिन खेलिने छ । 
समूह चरणको शीर्ष ४ मा पर्ने टोली अर्को चरणमा प्रवेश गर्नेछन् ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया