पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

 माघ १९, २०७५ शनिबार २०:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ ।

गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९५ रुपैयाँ प्रतिलिटरमा झरेको थियो ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले बढाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ । खाना पकाउने ग्यासमा अझै पनि निगमलाई प्रति सिलिण्डर ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको आयल निगमले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया