बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
उदयपुर – घरमा श्रीमतीसँग झगडा भएपछि उदयपुरका एक युवाले आफैँले बन्दुक हानेर आत्महत्या प्रयास गरेका छन् ।
जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ रातमाटे बस्ने ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेका हुन् ।
घरमा श्रीमतीसँग सामान्य भनाभन हुँदा आवेगमा आफैँले बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनु भयो । डीएसपी रानाभाटका अनुसार शनिबार दिउँसो राईले बन्दुक प्रहार गरेका हुन् । घाइते राईको छातीमा ठूलो घाउ छ ।
जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात् राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।