शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
पाल्पा – ज्यानमारा बाटोको रुपमा परिचित पाल्पा–बुटवल सडकाखण्डकमा वैकल्पिक बाटोको ट्रयाक खोलिएको छ ।
वैकल्पिक बाटोका लागि झुम्सा–चौकी भञ्ज्याङ हुँदै चरङ्गेको ट्रयाक खुलेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । अध्यक्ष घर्तीका अनुसार तिनाउ गाउपाँलिकाको ३० लाख र रिब्दीकोट गाउपालिकाको १० लाख गरी ४० लाखको लगानीमा ट्रयाक खोल्ने काम पूरा भएको जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले जानकारी दिनुभयो ।
झुम्सा–चौकीभञ्ज्याङ–चरङ्गे वैकल्पिक बाटोको लम्बाई झण्डै २० किलोमिटर छ । पाल्पाको झुम्साबाट चौकीभञ्ज्याङ ७ किलोमिटर र रुपन्देहीको चरङ्गे मुढावाससम्म ७.५ किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो । बस्यालका अनुससार चौकीभञ्ज्याङ मुढावास खण्डको साढे ५ किलोमिटर नया ट्रयाक खोलेपछि झुम्सा चरङ्गे सडकले जोडिएको हो ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवलको बाटोको विकल्प खोज्न ५ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि १० करोड बजेट बिनियोजन गरेको छ भने तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख प्रदान गर्ने जनाएका छन् ।
हिउँद होस् वा बर्खा जहिले पनि ढुङ्गे पहिरो खस्दा सिद्धबाबा क्षेत्रमा बर्सेनि यात्रुले ज्यान गुमाउनु परेको छ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।