न्यूरो अस्पताल डाक्टर उपेन्द्रको देवकोटाको नाममा

 असार ६, २०७५ बुधबार २०:४७:३४ | रासस
unn.prixa.net

काठमाडौं – वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ । 

डाक्टर देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ् न्यूरोलोजिकल एण्ड एलाइड साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स’ नामकरण गरिएको छ । उहाँले भन्नुभयो, ‘कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिट्टै थालिने छ ।’ 

एसियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डाक्टर देवकोटाको गएको सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डाक्टर देवकोटा ६ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया