नेपालले लियो यूएईको तेस्रो विकेट

 माघ २०, २०७५ आइतबार १८:२७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालविरुद्ध १०५ रनको लक्ष्य पछ्याएको यूएईले तेस्रो विकेट गुमाएको छ । नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले मोहमद उस्मानलाई सन्दीप जोराबाट क्याचआउट गराएका हुन् ।

त्यसअघि गुलाम शैबरलाई अभिनास बोहराले बोल्ड गरे । शैबर २५ रनमा पेभेलियन फर्किए । पहिलो सफलता सोमपाल कामीले दिलाएका थिए । उनले अस्फाक अहमदलाई आउट गरेका थिए । यूएईले ७ ओभर सकिँदा ३ विकेट गुमाएर ७२ रन बनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया