यूएईविरुद्धको टी–२० शृङ्खला पनि जित्दै नेपालले रच्यो इतिहास

 माघ २०, २०७५ आइतबार १८:४६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

आज दुबईमा पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुरुआत त्यति राम्रो गर्न नसकेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रनको शानदार पारि खेल्यो । आजको इनिङमा तीन बल खेलेका पवन खातानै खोल्न नसकि आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ९ बल खेल्दा २ चौकाको मद्दतले ११ रन जोडे । दीपेन्द्रसिंह ऐरी आज भने चल्न सकेनन् ।

दोस्रो टी–२० मा उत्कृष्ट पारी खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने २ रन जोडेर फर्किए । २१ रन बनाउँदा दीपेन्द्र आउट भएपछि पारस र सन्दीप जोराल नेपालको इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका पारस १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ रन जोडे । पारस आउट भएपछि क्रिजमा आएका विनोद भण्डारी र जोराले पनि दुवै तर्फबाट आक्रामक पारि खेलेका थिए । सन्दीपले ११ बलमा तीन छक्काको मद्दतले २८ रन बनाए ।

नेपालले टी-२० शृङ्खला जितेपछि खुशियाली मनाउँदै खेलप्रेमी नेपाली

विनोद भण्डारीले १३ बलमा २१ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे । पाँच बलमा करण केसील १० रनको योगदान गर्दा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाउन सफल भयो । यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई-दुई विकेट लिए ।

१०५ रनको लक्ष्य पछ्याएको यूएईले सुरुआत राम्रो गरेको थियो । पहिलो विकेटका लागि २९ रनमो पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चँदा नेपाल दबाबमा परेको थियो । दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए ।

टिमको स्कोर ५७ पुग्दा गुलाम शैबर आउट भए । आक्रामक व्याटिङ गरेका शैबरको व्यक्तिगत २५ रन हुँदा अभिनास बोहराको बलिङमा बोल्ड हुन पुगे । तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए । उनले मोहमद उस्मानलाई २ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गरे । ३० रन बनाएर खेलिरहेका शैमान अनवरलाई अभिनास बोहराले आउट गर्दा यूएईले टीमको स्कोर ७२ पुर्‍याएको थियो ।

टि–२० सिरिजको ट्रफी ग्रहण गर्दै कप्तान पारस खड्का । तस्बिर - रासस

करण केसीले नै मोहमद नाभिदलाई आउट गरे । सातौं सफलताको रुपमा ललितनारायण राजबंशीले सिपी रिजवानलाई आउट गरेका थिए । यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्याे । नेपालका लागि करण केसी, ललितनारायण राजवंशी र अभिनास बोहराले दुई-दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिए ।

तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

2 Comments

  • Ramesh Bishwakarma

    Feb. 3, 2019, 9:06 p.m.

    बधाइ छ नेपाली कृकेट टिमलाई ! खेलमा राजनितिक दाउपेच चलिरहदा वा भनौ राज्यको उपेक्षाका बाबजुद पनि नेपाली खेलाडिको लगन र कठिन साधनाले जित दिलायो ! यो जितमा केवल खेलाडी र टिम व्यावस्थापन जिम्मेवार छन । राज्यले त आफ्नो हैसियत देखाइसकेको हो उहिल्यै । पुर्वाधार र उचित प्रोत्साहनको अभावमा पनि यो सफलता चुम्न सफल ती खेलाडी प्रती मेरो सलाम । शुभकामना छ आगामी यात्राका लागि । विश्वास छ यस्तै सुखद खबर फेरि फेरि पाउने छौ। जय देश जय नेपाली कृकेट ।😍😍😍😍😍😍😍

  •  0 Reply
  • SUSHEEL PANGENI

    Feb. 3, 2019, 7:11 p.m.

    Congratulations to Nepal 🇳🇵

  •  0 Reply

तपाईको प्रतिक्रिया