सीमित स्राेतका बाबजुद नेपाली क्रिकेट टाेलीले राष्ट्रकै गाैरव बढाएको भन्दै उपराष्ट्रपतिद्वारा बधाई !

 माघ २०, २०७५ आइतबार १९:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले टी-ट्वान्टी क्रिकेट सृङ्खला आफ्नो पक्षमा पार्न सफल नेपाली टोलीलाई बधाइ दिनुभएको छ । 

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्तर्गत यूएईलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गर्न सफल भएकोमा उहाँले बधाइ दिनुभएको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले सीमित साधन स्रोतका बाबजुद पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रकै गौरव र प्रतिष्ठा उँचो बनाउने काम गरेको उल्लेख गर्नुभयाे ।

नेपाली टोलीको निरन्तरको मेहनतले अब छिट्टै नै एक दिवसीय र टि–२० विश्वकप खेल्ने सपना पनि पूरा हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । 

साथै उपराष्ट्रपति पुनले क्रिकेट लगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै खेलमा लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण पनि गराउनु भएको छ ।

क्रिकेटमा प्राप्त गरेको उपलब्धि र यसबाट प्राप्त खुशीलाई नेपाली क्रिकेट र समग्र खेलकूदको विकासमा रुपान्तरण गर्न सबैलाई अपील पनि गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया