विश्वस्तरीय प्रतिस्पर्धामा नेपाली क्रिकेट टोलीको जितले उत्साह र उमंग छाएको छ : प्रचण्ड

 माघ २०, २०७५ आइतबार १९:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली क्रिकेट टोलीले यूएईमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेकोमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिनुभएको छ ।  

उहाँले फेसबुकमार्फत नेपाली क्रिकेट टोलीले एकपछि अर्को सफलता हात पार्दै सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग जगाएको भन्दै बधाई दिनुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई बधाई दिन चाहन्छु । विश्वस्तरीय प्रतिस्पर्धाहरुमा नेपाली खेलाडीहरुको एकपछि अर्को जितले सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग छाएको छ । आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछु ।’

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया