म्यानचेस्टर युनाइटेडको अपराजित यात्रा कायमै

 माघ २१, २०७५ सोमबार ६:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार रातिको खेलमा लेस्टर सिटीमाथि १–० को जित निकाल्दै युनाइटेडले पछिल्ला १० खेलमा अपराजित यात्रा कायमै राख्न सफल भयो । लेस्टरसँगको कठिन जित निकाल्दै यूनाइटेडले तालिकाको छैटौं स्थानमा राखेको छ । 

पहिलो हाफको नवौं मिनेटमा मार्कस रासफोर्डले गरेको गोल नै युनाइटेडलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो । रासफार्डले जारी सिजनमा दश गोल गरिसकेका छन् । रिकार्डो परेराले किलियर गर्न खोजेको बलमा पौल पोग्बाले खोस्दै रासफोर्डलाई पास दिएका थिए ।

जारी सिजनमा खराब फर्मबाट गुज्रिएको युनाइटेडले नयाँ प्रशिक्षक गुनर आएपछि लगातार अपराजित यात्रा कायम राख्दै तालिकाको चौथो स्थानमा रहेर लिग टुंग्याउने अपेक्षा गरिएको छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया