'एनआईसी एशिया रन फर हेल्थ’ प्रतियोगिता सम्पन्न

 माघ २१, २०७५ सोमबार ७:२०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

विराटनगर–शंकरपुरमा रहेको जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पूर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतनामूलक दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक विकास बेगबानीले बताउनुभयो।

५ किलोमिटर दूरीको यो प्रतियोगितात्मक दौडमा झण्डै १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । नेपाल सरकार प्रदेश नं .१ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेको यो कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा अतिथिको रुपमा सहभागी थिए ।

प्रतियोगितामा छात्रतर्फ सिटी कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटी कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिइन् । प्रथम, दितीय तथा तृतीय हुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया