पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

 माघ २१, २०७५ सोमबार ७:३४:३८ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये रु तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ ।

यस्तै रु एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया