पत्रकार ढकाललाई मातृशोक

 असार ७, २०७५ बिहिबार ६:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पत्रकार अमित ढकाललाई मातृशोक परेको छ । सेतोपाटी डटकमका प्रधान सम्पादक ढकालकी आमा कमलादेवी ढकालको ललितपुर इमाडोलको आफ्नै घरमा बुधबार निधन भएको हो ।

ढकाल उज्यालोको सञ्चालक संस्था कम्यूनिकेशन कर्नरका संस्थापक सदस्य हेमलता राईकी सासुआमा समेत हुनुहुन्थ्यो ।

स्वर्गीय कमलादेवी ढकालको बुधबार नै अन्त्येष्टि गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया