फेसबुक स्थापनाको चाैध वर्ष पूरा, प्रयोगकर्ताको सङ्ख्या दुई अर्ब नाघ्योे

 माघ २१, २०७५ सोमबार १७:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

आज फेसबुक स्थापना भएको चाैध वर्ष पूरा भएको छ । आजैको दिन अर्थात  फेब्रुअरी ४ सन् २००४ मा मार्क जुकरबर्गसहित उनको टिमले सामाजिक सञ्जाल फेसबुकको स्थापना गरेका थिए ।

उनका कक्षाका साथीहरु एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका थिए ।

साथीहरुसँगको सहकार्यमा खोलिएको फेसबुकका विश्वमा यति धेरै प्रयोगकर्ता होलान् भनेर जुकरबर्गले सोचेका पनि थिएनन् । त्यही भएर त उनी भन्ने गर्छन्, टिमवर्कले काम सफल बन्छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा लञ्च गरिएको फेसबुकको  मुख्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा छ । मासिक रुपमा सक्रिय रहने फेसबुक प्रयोगकर्ताको संख्या अहिले दुई अर्ब बीस करोड पुगेका छन् । ‘म्यासेन्जर’ र ‘वाच’ पनि फेसबुकको आफ्नै उत्पादन हुन । 

फेसबुकले प्रत्यक्षरुपमा तीस हजार भन्दा बढीलाई रोजगार दिएको छ । विश्वव्यापी रुपमा यसको प्रयोग बढ्दै गए पनि केही देशमा भने यसको प्रयोग बन्देज गरिएको छ । चीन, इरान, उत्तर कोरिया र बङ्गलादेशलगायत अन्य केही देशहरुमा फेसबुक प्रयोगमाथि समय समयमा हस्तक्षेप लगाउने गरिएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया