साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने युवा पक्राउ

 माघ २१, २०७५ सोमबार १८:३:४२ | राजु लामिछाने

रुकुम पूर्व –  रुकुम पूर्वमा एक साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई प्रहरीले पक्रेको हो । 

सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिका रोएको सुनेपछि गएका स्थानीयले आपत्तिजनक अवस्थामा भेटाएको बताइएको छ । 

साथीभाइसँगै बसिरहेका गौतम पिसाव फेर्ने बहानामा हिँडेका थिए । स्थानीयले खबर गरेलगत्तै गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताउनुभयो । 

अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पठाइएको मल्लले जनाउनुभयो । बालिकाको अवस्था सामान्यजस्तो देखिएको भए पनि अस्पतालको रिपोेर्टपछि थप भन्न सकिने प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया