देशभर मौसममा बदली, पश्चिममा पानी पर्ने सम्भावना

 माघ २२, २०७५ मंगलबार ८:४५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंक बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो पनि देशभरको मौसम सामान्यदेखि आशिंक बद्लीकै अवस्था रहने महाशाखाका मौसमविद्ले बताएका छन् । 

दिउँसो एकछिन घाम लागेजस्तो भए पनि फेरि बद्ली भइहाल्ने मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो । मौसमविद प्रधानाङ्गका अनुसार मंगलबार बेलुका पश्चिमका केही भूभागमा हल्का पानी पर्ने सम्भावना पनि रहेको छ ।   


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया