विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

 माघ २२, २०७५ मंगलबार १०:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी –  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा डोटीमा एक शिक्षकलाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको हो । 

दुव्र्यवहार गर्ने शिक्षकलाई प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ  । पीडित पक्षको जाहेरीका आधारमा शिक्षकमाथि छानबिन गरी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकको नाम खुलाएको छैन । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया