तुलसीपुरलाई ५ वर्षभित्र मोतियाविन्दुमुक्त उपमहानगर बनाइने

 माघ २२, २०७५ मंगलबार १३:१४:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरलाई ५ वर्षभित्र मोतियाविन्दुमुक्त उपमहानगरका रुपमा विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालबीच सहमति भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल नेत्रज्योति संघका अध्यक्ष कृष्णकुमार गिरीबीच भएको सहमति अनुसार मोतियाविन्दु भएकाहरुलाई निशुल्क शल्यक्रिया गर्नेगरी सहमति भएको हो ।

 सहमति अनुसार सिआइएस प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया गर्दा प्रतिव्यक्ति लाग्ने ८ हजार मध्ये  ३ हजार अस्पताल र ५ हजार उपमहानगरपालिकाले व्यहोर्नेछ । त्यसैगरी तुलसीपुर उपमहानगरका १९ वटै वडाहरुमा आँखा जाँच गरी मोतिविन्दुका बिरामीहरुलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने सहमति भएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो  ।

यस आर्थिक वर्षबाट सुरु भएको कार्यक्रम अन्तरगत प्रत्येक वर्ष सम्झौता बमोजिम कार्यक्रम सञ्चालन हुने स्वास्थ्य महाशाखाका डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।

जिल्लामा रहेका १० वटा स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले ‘मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गरेसँगै तुल्सीपुर उपमहानगरमा पनि यो सम्बन्धी सम्झौता भएको संघका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया