खानहरुका फ्यान राजकुमार राव आफैलाई सुपरस्टार मान्दैनन्

 माघ २२, २०७५ मंगलबार १३:४४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता राजकुमार राव अभिनित फिल्म ‘स्त्री’ सुपरहिट भएसँगै उनको स्टारडमलाई बलिउडमा अहिलले सुपरस्टारको रुपमा हेरिँदैछ । 

तर राजकुमार राव भने आफूलाई सुपरटार मानिरहेका छैनन् । एकपछि अर्को गर्दै सफल फिल्ममा आफ्नो अब्बल अभिनय क्षमता देखाएर दर्शकको मन जित्न सफल राजकुमार भन्छन्, ‘मलाई लाग्दैन कि म जस्तो कलाकारलाई सुपरस्टार अभिनेताका साथ तुलना गर्न सकिन्छ । जुन किसिमको स्टारडम शाहरुख खान, सलमान खान र आमिर खानले पाएका छन्, मलाई लाग्छ कि त्यो अरु कसैले पाउन मुस्किल छ ।’

उनले अगाडि भने, ‘शाहरुख, आमिर र सलमानले जुन किसिमको काम गरेका छन् त्यो निकै उत्कृष्ट छ । यदी उनीहरुको १ वा २ वटा फिल्म चल्न सकेन भन्दैमा उनीहरुले खराब काम गरे वा उनीहरु खराब छन् भन्न मिल्दैन । शाहरुख आमिर र सलमानले उत्कृष्ट काम गरकै कारण आज उनीहरु सुपरस्टार भएका छन् र हामी सबै उनीहरुलाई माया गरिरहेका छौं ।’ 

‘म स्वयं खानहरुको फ्यान हूँ । त्यसैले उनीहरुसँग मलाई तुलना गर्नु सही होइन । हामी अहिले नयाँ छौं र अझै धेरै अगाडि जानु छ र स्वयंलाई सावित गर्नु छ । तर जुन किसिमको क्रेज यी सुपरस्टारले देखेका छन् त्यो अब फर्केर आउनेछैन । किनकि जुन तरिकाले दर्शक उनीहरुलाई माया गर्छन् । उनीहरुको हर एक कुराको प्रतिक्रिया दिन्छन् । यो आफैमा एक ठूलो कुरा हो,’ उनले भने । 

अभिनेता राजकुमार राव फिल्म ‘स्त्री’ को सफलतापछि यतिबेला राजकुमार हंसल मेहताको फिल्म ‘तुर्रम खान’, दिनेश विजनको फिल्म ‘मेड इन चाइना’, एकता कपूरको फिल्म ‘मेन्टल हे क्या’ र अनुराग कश्यपको फिल्ममा अभिनेत्री फातिमा सनाको जोडीको रुपमा नयाँ फिल्म मार्फत दर्शक माझ आउने तयारीमा छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया