नेविसंघका सभापति नैनसिंह महरसहित ११ जना पक्राउ

 माघ २२, २०७५ मंगलबार १४:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर पक्राउ पर्नु भएको छ । महरसहित नेविसंघका ११ जना नेता कार्यकर्तालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 

‘नयाँ बानेश्वरमा उनीहरुले प्रदर्शन गर्दा निषेधित क्षेत्र तोडेपछि पक्राउ गरेका हौँ’, प्रहरी प्रवक्ता सुवेदीले भन्नुभयो, ‘११ जनालाई पक्राउ गरेर नेपाल पुलिस क्लबमा राखिएको छ ।’

प्रदर्शनका क्रममा केही दिनअघि पोखरामा नेविसंघका कार्यकर्ताले गाडी जलाएपछि प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको थियो । पोखराका नेविसंघ कार्यकर्ताको रिहाईको माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गर्ने महरसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

गएको शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । नेविसंघको अराजक कामप्रति कांग्रेस युवा नेता गगन थापाले समेत आपत्ति जनाउनु भएको थियो । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया