टी–२० वरीयतामा नेपालले चार देशलाई पछि पार्‍यो

 माघ २२, २०७५ मंगलबार १४:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टी–२० क्रिकेटको वरीयतामा नेपालले ४ वटा देशलाई पछि पारेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ  वरीयतामा नेपाल १४औँ स्थानमा छ । नेपालले टी–२० वरीयतामा आयरल्याण्ड, ओमन, हङकङ, यूएईलाई पछि पारेको हो । 

नेपालले यूएईविरुद्धको टी–२० र एकदिवसीय सिरिज जितेको थियो । त्यही नतिजाका आधारमा ४ टिमलाई पछि पार्न सफल नेपालले   टी–२० वरीयतामा ४३ रेटिङ पाएको छ । 

एकदिवसीयमा भने नेपाल १५औँ स्थानमा यथावत छ । १४ औँ स्थानमा रहेको यूएईसँग समान १५ रेटिङ भए पनि प्वाइन्ट्सका आधारमा नेपाल पछि परेको हो । 

टी–२० को शीर्ष स्थानमा पाकिस्तान र एकदिवसीयको शीर्ष स्थानमा भारत छ ।

खेलाडीतर्फ टी–२० वरीयतामा नेपालका कप्तान पारस खड्काले एक स्थान सुधार गरेका छन् । यस महिना पारस ९६औँ स्थानमा छन् । अघिल्लो महिना उनी ९७ औँ स्थानमा थिए ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया