यस्ताे थियाे अभिषेक - ऐश्वर्याकाे ‘लभ-स्टाेरी’

जुनियर बच्चनकाे आज ४३ औं जन्मदिन

 माघ २२, २०७५ मंगलबार १९:३६:३ | उज्यालो सहकर्मी

बलिउड अभिनेता अभिषेक बच्चन आज आफ्नो ४३औं जन्मदिन मनाइरहेका छन् । 

अभिषेकले सन् २००० मा फिल्म ‘रेफ्यूजी’ मार्फत बलिउड डेब्यू गरेका थिए । अभिषेक बच्चनको नाम करिश्मा कपूरसँग जोडिनुका साथै दुवैको इन्गेजमेन्ट पनि भएको थियो । तर दुवैका परिवारबीचको असमझदारीका कारण करिश्मा र अभिषेकको इन्गेजमेन्ट विवाहमा परिणत हुनु अगावै टु्ट्यो । त्यसपछि अभिषेक बच्चनले विश्वसुन्दरी समेत बनिसकेकी अभिनेत्री ऐश्वर्या रायको हात थामे । 

अहिले अभिषेक र ऐश्वर्याको विवाह भएको पनि १३ वर्ष भइसकेको छ । तर यी दुईबीचको सम्बन्ध अझै पनि सुरुवातका दिनहरु जस्तै सुमधुर रहेको छ । अभिषेक र ऐश्वर्याको भेट सन् २००० मा फिल्म ‘ढाई अक्षर प्रेम के’ को सेटमा भएको थियो । 

तर त्यस समयमा अभिषेक र ऐश्वर्या एक असल साथी मात्रै थिए । किनकि त्यसबेला अभिषेक अभिनेत्री करिश्मा कपूरलाई डेट गरिरहेका थिए भने अभिनेत्री ऐश्वर्या राय सलमान खानको प्रेममा थिइन् । 

तर पछि अभिषेक र करिश्माको इन्गेजमेन्ट टुटेको थियो भने अभिनेत्री ऐश्वर्या रायले पनि सलमान खानको खराब व्यवहारका कारण  सम्बन्ध तोडिदिइन् । सलमानसँगको ब्रेकअपपछि ऐश्वर्याको हालत निकै खराब भएको थियो । उनको त्यस पीडाको समयमा अर्का अभिनेता विवेक ओबेरोयले सहारा दिएका थिए । तर पछि विवेकसँगको सम्बन्ध पनि अगाडि बढ्न सकेन ।

त्यस पछि सन् २००५ मा ऐश्वर्याले अभिषेक बच्चन अभिनित फिल्म बण्टी और बब्ली’ को गित ‘कजरारे’ मा काम गरिन् । यस फिल्म पछि अभिषेक र ऐश्वर्याले फिल्म ‘उमराव जान’, ‘गुरु’ र ‘धूम २’ मा एकसाथ काम गरे । 

फिल्म ‘गुरु’ को सेटमा अभिषेक र ऐश्वर्या नजिक भएका थिए । सोही फिल्मको न्यूयोर्कमा भएको वल्र्ड प्रिमियरको समयमा अभिषेकले ऐश्वर्यालाई प्रपोज गरेका थिए । ऐश्वर्या रायले पनि अभिषेकलाई दिल दिइसकेकी थिइन् । तसर्थ उनले अभिषेकको प्रस्तावलाई तुरुन्तै स्वीकार गरेकी थिइन् । 

अभिषेकले एउटा अन्तरवार्तामा भनेका थिए, ‘केही वर्ष अघि म न्यूयोर्कमा एउटा फिल्मको छायांकन गरिरहेको थिएँ । त्यसबेला म बसेको होटलको बाल्कोनीका उभिएर यो सोच्थेँ कि म एक दिन घँुडा टेकेर यही ठाउँमा विवाहको प्रस्ताव राख्नेछु । त्यसको केही वर्षपछि फिल्म ‘गुरु’ को प्रिमियरका बेला मैले ऐश्वर्यालाई त्यही बालकोनीमा लगेर विवाहको प्रस्ताव राखेको थिएँ । र उनले मेरो प्रस्ताव स्वीकार गरेकी थिइन् ।’ 

आज जन्मदिनको अवसरमा अभिषेकलाई बलिउड कलाकारहरु तथा उनका प्रशंशकहरुले शुभकामना दिएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on

अभिषेककी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चनले उनको इन्स्टाग्राम अकाउन्टमा अभिषेकको बाल्यकालको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएकी छिन् साथै उनले अभिषेक र आफ्नो तस्विर पनि उक्त पोष्टमा सेयर गरेकी छिन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया