ब्रेन्डन म्याक्कलमले लिए बिग ब्याश लिगबाट सन्यास

 माघ २२, २०७५ मंगलबार २०:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डका पूर्व कप्तान ब्रेन्डन म्याक्कलमले अष्ट्रेलियामा जारी बिग ब्याश लिगबाट सन्यास लिएका छन् ।

सन् २०१६ मा एक दिवसीय क्रिकेटबाट सन्यास लिएका म्याक्कलमले गएकाे ८ वर्षदेखि बिग ब्याश लिग खेल्दै आएका छन् । म्याक्कलमले अन्तिम बिग ब्याश लिगकाे अन्तिम खेल गएकाे शुक्रबार खेलेका थिए ।

ब्रिज्बेन हीटबाट खेलेका म्याक्कलमको टिम जारी लिगबाट छैटौं स्थानमा रहँदै बाहिरिएको छ । म्याक्कलमले बिग ब्याश लिग छाडे पनि अरु लिग भने खेल्ने इच्छा व्यक्त गरेका छन् । उनलाई आउँदो सिजको आईपीएलमा भने कसैले किनेका छैनन् ।

३७ वर्षीय म्याक्कलमले खेलाडी जीवन त्यागेर प्रशिक्षकको भूमिका निर्वाह गर्न तयार रहेको बताए । खेलाडी करियरमा हासिल गरेका अनुभवहरुलाई प्रशिक्षक भएर नयाँ खेलाडीलाई सिकाउने उनले बताए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया