विश्वकप २०१८: अष्ट्रेलिया पहिलो जितको खोजीमा, डेनमार्क नकआउट चरणकाे दाउमा

 असार ७, २०७५ बिहिबार ११:३४:५५ | उज्यालो सहकर्मी

विश्वकप अन्तर्गत रुसको समारा एरिनामा समूह बी का अष्ट्रेलिया र डेनमार्क आमने सामने हुँदा अष्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ । त्यस्तै डेनमार्क लगातार दोस्रो जितसँगै नकआउट चरणमा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछ ।
 
सुरुवाती खेलमा फ्रान्ससँग पराजय भोगे पनि टोमी जुरिक र अष्ट्रेलिया टिम विश्वकपको नकआउट चरणमा पुग्नेमा विश्वस्त छन् ।


 
डच प्रशिक्षक बर्ट मान मार्विज्कका खेलाडी गत साता काजान एरिनामा दुर्भाग्यबस समूह सीमा फ्रान्ससँग पराजित हुन पुगे ।
 
भिडियो असिस्टेन्ट रेफ्रीले दिएको पेनाल्टीमा एन्टोइन ग्रिजम्यानले गोल गरी फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यसयता जोस रिस्डनको प्रहार गोललाइन टेक्नोलोजीले मान्यता नदिएपछि विश्वकपको उपाधि दावेदार फ्रान्सबिरुद्ध शानदार प्रदर्शन गरे पनि अष्ट्रेलियाको भाग्यमा जित देखिएन ।
 
अष्ट्रेलियाले देखाएको छ कि उसले उत्कृष्ट फुटबल खेल्न सक्छ । समूहको आफ्नो दोस्रो खेल विहीबार समारा एरिनामा डेनमार्कको सामना गर्न अष्ट्रेलिया तयार छ । साथै स्ट्राइकर जुरिकका अनुसार उनीहरु अर्को चरणमा स्थान बनाउन आशावादी छन् ।
 
‘हाम्रा टिमका सहयक प्रशिक्षक (जो एसी मिलानका पूर्व मिडफिल्डर हुन्) लाई उनका पूर्व टिममेट थियागो शिल्भाले एउटा म्यासेज पठाए, उनले लेखेका थिए कि हामीले बलियो टोलीविरुद्ध कति राम्रो खेल प्रदर्शन गर्यौं !’ जुरिकले भने । जो पछिल्ला केहि समयदेखि घुँडाको चोटका कारण लयमा आउन संघर्षरत छन् ।
 
‘सबैकुरा अहिले पनि हावामा छ, र हामी त्यसलाई पकड्न तयार छौं । हामी समूह चरण पार गरी अर्को चरणमा पुग्नेमा म अझै सकारात्मक छु ।’
 
यता पेरु आफ्नो दोस्रो खेलमा अष्ट्रेलियालाई हराएर अन्तिम १६ को नजिक पुग्न चाहन्छ । आजै हुने अर्को खेलमा फ्रान्सले पेरुलाई हराएको खण्डमा उसलाई एक खेल अगावै नकआउट चरणमा पुग्ने सौभाग्य पनि हुनेछ ।
 
डेनमार्क विश्वस्त थिए, तर, पहिलो खेलमा उसले पेरुलाई १–० ले पराजित गर्यो र ३६ वर्षपछि विश्वकपमा फर्किएको पेरुलाई पहिलो खेलमै पछि पारिदियो ।
 
युसुफ पल्सेनको सानदार काउन्टर एट्याक गोलको सहयोगमा उसले महत्वपूर्ण तीन अंक बटुल्यो । त्यसअघि पहिलो हाफमा पेरुले पेनाल्टी खेर फालेको थियो । त्यसैकारण उसले खेलभरि बुनेका थुप्रै आक्रमणहरु नगण्य देखिए ।
 
यद्यपी डेनिसको त्यो एक उत्कृष्ट प्रदर्शन थियो । डेनमार्कका स्टार क्रिष्टियन इरिक्सने भने, ‘खेलमा राम्रो प्रभाव नदेखिए पनि हामीले जित हासिल गर्न सफल भयौं, यसले के प्रष्ट हुन्छ भने हामी जित्न सक्छौं ।’
 


पेरुविरुद्धको खेलमा करङमा चोट लागेपछि डेनमार्कका मिडफिल्डर विलियम केविस्टले आगामी खेलहरु गुमाउनेछन् । त्यसैले उनी अष्ट्रेलियाविरुद्धको खेलमा उपस्थित हुनेछैनन् । उनको अनुपस्थिति डेनिस टोलीका लागि प्रत्युत्पादक पनि हुनसक्छ ।

 
प्लेयर्स टू वाच
 
युसुफ पल्सेन, डेनमार्क


 
सबैको आँखा क्रिष्टियन इरिक्सनमा छ तर युसुफ पल्सेन पनि खेलमा हेर्नलायक खेलाडी हुन् । 
पहिलो हाफको पेनाल्टी क्रिष्टियन क्युवाले बारभन्दा माथि प्रहार गरेपछि उनीहरु निराश बने, त्यसको फाइदा आरबी लिप्जिङ स्टार पल्सेनले उठाए र डेनमार्क पेरुभन्दा कति फरक छ भन्ने प्रमाणित गरे ।
 
काउन्टरमा उनको गति र सटिकताले फेरि पनि अष्ट्रेलियाली टोलीका लागि टाउको दुखाई बन्ने निश्चित छ ।
 
२४ वर्षीय यी स्ट्राइकरले सन् २०१४ मा डेनिस टिमबाट डेब्यू गरेयता २९ खेलमा ५ गोल गरेका छन् ।
 

म्याथ्यु लेकी, अष्ट्रेलिया


 

नियमित रुपमा गोल हान्न नसक्नु अष्ट्रेलियाको पछिल्लो समस्या हो । जबकि फ्रान्सजस्तो बलियो प्रतिस्पर्धीसँगको खेलमा पेनाल्टीमार्फत एक गोल भए पनि त्यो स्तरीय थिएन ।

यद्यपी हेर्था बर्लिनका स्ट्राइकर मेथ्यू लेकीले डेनमार्कविरुद्धको खेलमा अष्ट्रेलियाली टोलीको त्यो समस्या चिर्दै टोलीलाई अर्को चरणमा पुग्नका लागि सहयोग गर्ने अपेक्षा गरिन्छ ।
 
तीव्रता र राम्रो स्टामिनाका साथ यी अष्ट्रेलियाली स्टारले बलसँगको सामिप्य बढाएर टिमलाई खुसी पार्ने सम्भावना देखिन्छ किनभने फ्रान्सविरुद्धको खेलभन्दा डेनमार्कविरुद्ध अष्ट्रेलियन टोली कम दवावमा खेल्नेछ ।
 
२७ वर्षीय लेकीले अष्ट्रेलियाली टोलीबाट सन् २०१२ मा डेब्यु गरेयता ५४ खेलमा ८ गोल गरेका छन् ।

 
म्याच फ्याक्ट्स

 
– अष्ट्रेलियाले विश्वकपमा युरोपेली प्रतिद्वन्द्वीसँग खेलेको ९ मध्ये ७ खेल हारेको छ । एउटा बराबरी र एउटा जितेको छ । सन् २०१० मा सर्बियाविरुद्ध २–१ को जित उसको युरोपेली टोलीविरुद्धको अहिलेसम्मको उत्कृष्ट हो ।
 
– अष्ट्रेलियाले पछिल्लो चार विश्वकपमा आफू पराजित भएको खेलमा कम्तिमा २ गोल खाएको छ ।
 
– डेनमार्कका लागि क्रिष्टियन इरिक्सनले पछिल्ला १४ खेलमा १२ गोल र ५ असिस्ट गरेका छन् ।
 
– विश्वकपमा डेनमार्कले अहिलेसम्म २८ गोल गरेको छ । सबै गोल उसले डि–बक्स भित्रबाट मात्र गरेको छ ।
 
– सन् १९८६ मा पहिलो पटक विश्वकप खेलेको डेनमार्क सन् १९९८ मा क्वार्टरफाइनलसम्म पुगेको थियो, यो उसको विश्वकपमा उत्कृष्ट प्रदर्शन हो ।

 
अष्ट्रेलिया टिम 

प्रशिक्षकः बर्ट भान मार्विक
 
गोलरक्षकः म्याथ्यू रयान, ब्राड जोन्स, ड्यानी भुकोभिक
 
डिफेण्डरः मिलोस डिगेनिक, जेम्स मेरेडिथ, म्याथ्यू जुर्मन, अजिज बेहिच, जस रिस्डोन, ट्रेन्ट सेनबरी
 
मिडफिल्डरः माक्स मिलिगान, मासिमो लुंगो, एरोन मोय, माइल जेदिनाक, ज्याक्सन इर्भाइन, टम रोजिक
 
स्ट्राइकरः टिम केहिल, म्याथ्यू लेकी, टोमी जुरिक, रोबी क्रुस, एन्ड्र्यु नाब्बोट, जेमी म्याक्लरेन, ड्यानियल अर्जानी, दिमित्री पेट्राओस
 

डेनमार्क टिम
 

प्रशिक्षकः एज हेरिडी
 
गोलरक्षकः कास्पर स्माइकेल, जोनास लोसल, फेडेरिक रोनाउ
 
डिफेण्डरः जानिक भस्टरगार्ड, सिमोन काजर, जोनास नुडसेन, आन्द्रेस क्रिष्टेन्सन, माथियस जर्गेन्सन, हेनरिक डल्सगार्ड, जेन्स स्ट्रेगर लरेन्स
 
मिडफिल्डरः विलियम केभिस्ट, टमस डेलानी, क्रिष्टियन इरिक्सन, लुकास लेरागर, लेस्से चोनी
 
स्ट्राइकरः माइकल क्रोन देहली, निकोलाइ जर्गेन्सेन, मार्टिन ब्रेथवेइटे, कास्पर डोलबर्ग, भिक्टर फिस्चर, युसुफ पल्सेन, आन्द्रेस कोर्नेलिउस, पिओन सिस्टो

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया