म्यान-यू र रियल मड्रिडका पूर्व प्रशिक्षक मोउरिन्हो करछलीका कारण कारबाहीमा

 माघ २२, २०७५ मंगलबार २०:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यान्चेष्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्हो करछलीका कारण कारबाहीमा परेका छन् ।

रियल मड्रिडको प्रशिक्षक रहेका बेला उनले ३.३ मिलियन युरो बराबरकाे कर छली गरेको पुष्टि भएको छ ।

कर छली गरेको पुष्टि भए पनि उनले जेल भने जानुपर्ने छैन। स्पेनकाे नियम अनुसार दुई वर्षभन्दा कम समय कैद तोकिएकाहरुले रकम तिरेर सो सजायबाट मुक्त हुन पाउने प्रावधान छ । स्पेनले गैरहिंसात्मक क्रियाकलापमा पहिलो पटकका दोषीलाई दुई वर्षभन्दा कम सजाय दिने गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया