नुवाकोट गाडी दुर्घटना(अपडेट) : मृतककाे परिचय खुल्याे

 माघ २२, २०७५ मंगलबार २०:२५:१ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटको पञ्चकन्याको आरुखर्कमा मंगलबार साझ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । 

पञ्चकन्या गाउँपालिका–४, थप्रेकको आरुखर्कमा यूएनडीपीको कर्मचारीहरु चढेको बा ३ च ५७११ नम्बरको गाडी साँझ साढे पाँच बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको खरानीटार इलाका प्रहरी चौकीका इञ्जार्च प्रहरी निरीक्षक नरेश महतोले जानकारी दिनुभयो । दुर्घटनामा गाडीका चालक सर्लाही घर भएका २४ वर्षीय सुमन बुढाथोकीको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धार गरी उपचारका लागि राजधानी पठाइएको प्रहरीले जनाएको छ । 

यूएनडीपीका कर्मचारी अजय पौडेलसहित पाँचजना  घाइते भएको प्रहरीले जनाएको छ । 

थप्रेकमा यूएनडीपीको सहयोगमा निर्माण भइरहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारीहरुले बट्टारबाट गाडी भाडामा लिएर गएको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया