नेपालमा विभिन्न प्रतियाेगिताका लागि आउने विदेशी खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने

 माघ २२, २०७५ मंगलबार २०:४०:२१ | उज्यालो सहकर्मी

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई नेपालमा हुने खेलकुद प्रतियोगिता खेल्न आउने खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भन्दै पत्र काटेको छ ।

विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने उल्लेख गरेको छ । श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराइ क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना र ती प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ ।

श्रम इजाजत नलिइ  विदेशी क्रिकेट खेलाडीलाई सहभागी गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि सरकारले यस विषयमा चासो दिएको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया