दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु

 माघ २३, २०७५ बुधबार ६:४०:१० | रासस
unn.prixa.net

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ । 

तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । 

गत वर्ष स्वाइन फ्लूका बिरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस वर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लूका विबामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको बेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया