भोलि केही ठाउँमा भारी वर्षा र हिमपात हुने मौसमविद्को अनुमान, पदयात्रामा नजान सुझाव

 माघ २३, २०७५ बुधबार ७:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

केही दिनअघि परेकाे हिउँले सेताम्मे सल्लेरी बजार तस्बिर - सुवास दर्नाल

काठमाण्डौ – काठमाण्डौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । 

पश्चिमी वायुको प्रभावले पूर्वबाहेकका धेरै ठाउँको मौसम अहिले बदली भएको मौसमविद्ले बताएका छन् । 

मौसमविद् मन्जु बासीका अनुसार आज काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रको मौसम एकैछिन खुल्दै बदली हुनेछ । 

पश्चिमका केही ठाउँमा वर्षा र हिमपात पनि हुने सम्भावना रहेको उहाँले बताउनुभयो । हिजोदेखि नै बदली गराएको पश्चिमी वायु बेलुकादेखि अझ सक्रिय हुने भएकाले भोलिदेखि भने देशभरिकै मौसम बदली भई धेरै ठाउँमा वर्षा र हिमपात हुने उहाँको अनुमान छ ।

भोलि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने र धेरै हिमपात हुने सम्भावना रहेको मौसमविद् बासीको भनाई छ । अबको तीन चार दिन पर्वतारोहण नगर्न उहाँको सुझाव छ ।  
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया