कोपा डेल रे सेमिफाइनल : रियल मड्रिडरिुद्धकाे खेलमा मेस्सीको चोटले चिन्तित बार्सिलोना

 माघ २३, २०७५ बुधबार ९:५८:३६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडविरुद्ध खेल्ने तयारीमा रहेको बार्सिलोना लियोनल मेस्सीको चोटले चिन्तित बनेको छ ।

त्यस खेलका लागि बार्सिलोनाले मेस्सीलाई टिममा राखे पनि त्यो बेलासम्म उनी पूर्ण रुपमा फिट हुन्छन् की हुँदैनन् भन्नेमा क्लब चिन्तित बनेको हो ।
 
आज राति हुने सेमिफाइनलको पहिलो लेगका लागि बार्सिलोनाले मेस्सीको फिटनेसका लागि अन्तिम समयसम्म कुर्ने जनाएको छ । मंगलबार भएको क्लबको प्रशिक्षणमा मेस्सी फर्किए पनि उनी पुर्णरुपमा फिट भइसकेका छैनन् । शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा उनको थाइमा चोट लागेको थियो ।
 
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले टिम मेस्सीको फिटनेसमा शंकास्पद भएको बताउँदै अन्तिम समयसम्म कुर्ने बताए । 

मेस्सी पनि आफ्नो फिटनेसमा पूर्ण रुपमा विश्वस्त छैनन् । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना स्टार खेलाडीबिना नै उत्रँदा खेलको मज्जा नआउने क्लबले बताएको छ।

यसका साथै अर्का स्ट्राइकर डेम्बेले पनि पहिलो लेग गुमाउनसक्ने देखिएको छ । उनी पनि ह्यामस्ट्रिङको चोटबाट फिट भएका छैनन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया