क्रिकेटर अविनाश बोहरालाई नेपालगञ्जमा भव्य स्वागत

 माघ २३, २०७५ बुधबार १३:२४:३७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरालाई बुधबार नेपालगञ्जमा सम्मान गरिएको छ ।   

संयुक्त अरब इमिरेट्स (यूएई)सँगको एकदिवसीय र टी–ट्वेन्टी क्रिकेट श्रृङ्खा जित्ने नेपाली राष्ट्रिय टोलीका सदस्य बोहरालाई बुधबार गृह गर नेपालगञ्जमा भव्य स्वागतसहित सम्मान गरिएको हो ।

बोहरालाई बाँके जिल्ला क्रिकेट सङ्घको आयोजनामा नेपालगञ्जमा नगर परिक्रमासहित सम्मान गरिएको हो । नगर परिक्रमापछि त्रिभुवन चोकमा  प्रदेशसभा सदस्य सुरेन्द्र हमाल र नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापाले खेलाडी बोहरालाई सम्मान गर्नुभयो । 

त्यस अवसरमा बाँके जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दुर्गा थापाले बोहरालाई १० हजार रुपैयाँ सहयोग गर्नुभयो ।

बोहराले पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएपछि ६ विकेट लिएर म्यान अफ् द सिरिज भएका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया