भारतविरुद्धको टी–२० श्रृंखला: न्यूजिल्याण्ड पहिलाे खेलमा ८० रनले विजयी

 माघ २३, २०७५ बुधबार १६:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको टी–२० शृङ्खला अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्डले ८० रनको जित निकाल्दै तीन खेलको श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ ।

वेलिङटनमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो ।

पाँच खेलको एक दिवसीय श्रृंखला ४–१ ले गुमाएको न्यूजिल्याण्डले पहिलो टी–२० मा विजयी सुरुआत गरेकाे छ । उच्च स्कोर बनाउने क्रममा न्यूजिल्याण्डका लागि ओपनर टिम सिफर्टले ८४ रनको सानदार पारी खेले । उनले ४३ बल खेलेर ६ छक्का र ७ चौका प्रहार गरे ।

कोलिन मन्राे र कप्तान केन विलियमसनले समान ३४-३४ रनको योगदान दिए भने रस टेलरले २४ तथा स्कट कुजेलेनले ७ बलमा २० रनको योगदान दिए । 

बलिङतर्फ भारतका हार्दिक पण्ड्याले २ विकेट लिए भने भुवनेश्वर कुमार, खलील अहमद, क्रुणाल पण्ड्या र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

२ सय २० रनको लक्ष्य पछ्याएको भारतीय टिम १९.२ ओभरमा १३९ रनमै अल आउट भयाे । नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको शृङखलामा भारतकाे सुरुआत कमजोर देखियाे ।

भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ३९ रन बनाए भने शिखर धवनले २९, विजय शंकरले २७ र क्रुणाल पण्ड्याले २० रन बनाए । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

भारतको पारी ध्वस्त पार्न न्यूजिल्याण्डका टिम साउदीले ३ विकेट लिए । टिम सिफर्ट खेलको म्यान अफ द म्याच चुनिए । यी दुई टिमबीचको दोस्रो टी–२० शुक्रबार हुनेछ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया